युएई भ्रमणको अन्तिम दिन आज नेपाल र युएईबीच टी-२० शृङ्खलाको अन्तिम दिन निर्णायक प्रतिस्पर्धा हुँदैछ ।
खेल १-१ को बराबरी स्थितिमा छ र दुवै टोली खेल जितेर शृङ्खला आफ्नो पक्षमा पार्ने दाउमा छ ।
तीन एकदिवसीय शृङ्खला २-१ ले जितेको नेपालले टी-२० मा पनि त्यही इतिहास रच्न चाहन्छ, जहाँ युएई पनिआफ्नो घरेलु मैदानमा निर्णायक खेल जितेर एकदिवसीय शृङ्खलाको पराजयको बदला लिने सोचमा छ ।
खेल नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा शुरू हुनेछ।
प्रतिक्रिया