काठमाडौँ - मोदी इनर्जी कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि निष्काशन गरिएको साधारण सेयर(आईपीओ) बाँडफाँड गरेको छ ।
कम्पनीले फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुकालागि आईपीओ जारी गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन आवेदकहरूमा चैत १७ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले जारी पुँजीको १५ प्रतितश अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया