काठमाडौँ – दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुका लागि निष्काशन गरिएको साधारण सेयर(आईपीओ) बाँडफाँड गरेको छ ।
कम्पनीले फागुन ८ गतेदेखि चैत्र ७ गतेसम्म आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानिय बासिन्दाहरुका लागि निष्काशन आईपीओ जारी गरेको थिए । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन आवेदकहरूमा चैत १७ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा।वि।स मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया