काठमाडौँ - डाबर नेपालले National HR Excellence Award को प्रतिष्ठित पुरस्कार जितेको छ ।
National HR Excellence Award विजेताहरुको घोषणा March ,31,2023 मा गरिएको थियो । यो पुरस्कार डाबर नेपालले नेपालमा एच. आर. नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्म द्वारा आयोजित एच. आर. मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो ।
अवार्ड डाबर नेपालका एच. एस. बेदी (व्यवसाय प्रमुख) , अनिल पुरी (हेड एच. आर) र एच. आर. विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको थियो ।
National HR Excellence Award अवार्ड जित्नु भनेको डाबर नेपालले सबैभन्दा बहुमूल्य सम्पत्ती : आफ्ना कर्मचारीहरुलाई महत्व दिई उनीहरुको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण रहेको जनाइएको छ ।
प्रतिक्रिया