नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठनका रूपमा स्थपित गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

सोमबार, २० चैत्र २०७९, १४ : ५२

काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताउनुभएको छ । उहाले गैरकानुनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताउनुभयो ।

नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उहाको भनाइ छ । उहाँले नयाँ नीति योजना आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन, श्रेष्ठले भन्नुभयो, गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ ।
सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उहाँले भन्नुभयो, हामीले शासकीय अहंकार देखाउने । त्यो सासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।

सबैले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी संगठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासँग पुग्छ । त्यति नै यो परिवर्तनको रक्षा हुन सक्छ, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, प्रहरी संगठनको कामबाट नै  जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ ।

राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकायहरू क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्देशनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा प्रहरीको वृत्तिविकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो ।

उहाँले संगठनको सुद्धीकरण सुदृढीकरणका लागि आन्तरिक सुदृढीकरण आवश्यक रहेको कुँवरको भनाइ थियो । उहाँले त्यसका लागि आफू दृढताका साथ लागेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले पोलिग्राफ सेक्सन, डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याबलगायतको अनुगमन गर्नुभएको थियो ।

सोमबार बिहान प्रहरी प्रधान कार्यालयको आयोजनामा उपप्रधानमन्त्री श्रेष्ठले  अबलोकन भ्रमण,निरीक्षण तथा निर्देशन दिने कार्यक्रम रहेको थियो।
 

सोमबार, २० चैत्र २०७९, १४ : ५२

प्रतिक्रिया