महानगरको फोहर टेलिकमको कार्यालयमा

मंगलबार, २१ चैत्र २०७९, १७ : ४४

काठमाडौँ नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र आज (२०७९ चैत २१ गते) बिहान करिब ९.१५ बजे अचानक १५/२० जना अनधिकृत व्यक्तिहरुको समूहले ५/७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।

महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानको विरुद्ध हुनेगरी उक्त समूहद्वारा भएको यस घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएको कारण कम्पनीले यस्तो गतिविधिप्रति खेद व्यक्त गरेको छ ।  

उक्त अमर्यादित कार्यको भत्र्सना गर्दै  भविष्यमा यस्ता अवान्छित घटना हुन नदिन कम्पनीले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । 


                                  
                                          


 

मंगलबार, २१ चैत्र २०७९, १७ : ४४

प्रतिक्रिया