काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वातमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफु व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या हल (समाधान) गर्न अधि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘अहिले धेरै साथिहरुले व्यवसायीको समस्या सुनिरहेको छु वा समस्या समाधान गर्न पहल गरिरहेको छु भन्ने आश्वासन दिइरहनु भएको छ,’ निर्वाचन सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘म उद्योगी व्यवसायीहरुलाई झुटा आश्वासन दिन्न र कुनै पनि समस्याको विषयमा पहल मात्रै होइन सम्बन्धित निकायमा पुर्याएर हल गर्नेछु ।’
पछिल्लो समय सकारले व्यवसायीका वास्तविक समस्याको विषयमा समेत सुनुवाई नगरेको भन्दै त्यसका लागि दरिलो महासंघ चाहिएको उनको तर्क थियो । ‘मलाई अन्धो, बैरो र लंगडो महासंघ चाहिएको छैन,’ उनले भने, ‘महासंघ नेतृत्वले उद्योगी व्यवसायीको समस्या देख्ने, सुन्ने र समाधानका लागि सम्बन्धित निकायमा लिएर हिड्नसक्ने हुनुपर्छ ।’ अहिले महासंघमा उद्योगी व्यवसायीको समस्यालाई सरकारसँग निडर र निर्धक्क भएर राख्नसक्ने व्यक्तिको आवश्यकता भएको र उक्त व्यक्ति आफु भएको समेत उनको भनाई थियो ।
अहिले महासंघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न भन्दै जवसम्म जिल्ला नगर तथा वस्तुगतका साथिहरुले महासंघको केन्द्रिय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म महासंघ सुधार भएको नमानिने समेत उनको दावी थियो । अहिले महासंघको पुरानो गरिमामा आच आएको भन्दै आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया