अर्थतन्त्र सुधारिँदो अवस्थामा छ, संकटमा छैनः प्रधानमन्त्री प्रचण्ड

सोमबार, २७ चैत्र २०७९, १२ : २९

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७२ औं साधारण सभालाई  सम्बोधन गर्दै उनले अर्थतन्त्रमा हल्ला गरिएजस्तो संकट नरहेको बताए ।  प्रधानमन्त्री दाहालले पछिलो १०० दिनमा आर्थिक स्थिति सुधारिँदो अवस्थामा रहेको बताए । ‘अर्थतन्त्र संकटमा छ भनेर हल्ला गरिएको छ, तर हल्ला गरेजस्तो संकटमा छैन,’ उनले थपे, ‘वैदेशिक मुद्राको भन्डारण बढदै छ । करिब १० महिनाको आयत धान्ने अवस्थामा पुगेको छ ।’ 

यस्तै उनले रेमिट्यान्स आउने क्रम समेत बढेकाले हल्ला गरेजस्तो समस्याउन्मुख नरहेको बताए । प्रधानमन्त्रीले सन २०२६ देखि नेपाल एलडीसीमा स्तरोन्नति हुन लागेकाले त्यसको तयारीमा लाग्नुपर्ने समेत बताए । सन २०३० सम्म विकाशशील राष्ट्रको सूचीमा समेटिने सरकारको लक्ष्य छ ।  यसका साथै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँगको छलफल समेत अगाडि बढाएको बताए । प्रधानमन्त्रीले आज निजी क्षेत्रका विभिन्न संस्थाहरुसँग छलफलको कार्यक्रम राखेका छन् ।

सोमबार, २७ चैत्र २०७९, १२ : २९

प्रतिक्रिया