विदेशी मुद्राको सञ्चिति बढ्यो, अर्थतन्त्र सुधारोन्मुख

मंगलबार, २८ चैत्र २०७९, १५ : ३२

काठमाडौं –  वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएका छन् । चालु आर्थिक वर्षको ८ महिनामा विदेशी मुद्राको सञ्चिति बढेर १४ खर्बमाथि पुगेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्टले गत असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति १५।२ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब २१ करोड पुगेको जनाएको हो । जबकी गत असार मसान्त, २०७९ मा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिको सञ्चित विदेशी मुद्राले अहिलेकै आयातको तुलनामा १०।९ महिनाको वस्तु आयात र ९।४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७।८ प्रतिशतले वृद्धि भई रु।१२४४ अर्ब ९४ करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २।० प्रतिशतले कमी आई रु।१५६ अर्ब २७ करोड कायम भएको छ । २०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।९ प्रतिशत रहेको छ । 

 

मंगलबार, २८ चैत्र २०७९, १५ : ३२

प्रतिक्रिया