काठमाडौं- गोरखाका नन्द प्रसाद अधिकारीको शव वर्षौंदेखी त्रिवि शिक्षण अस्पतालमा थन्किएको र उनका परिवारले न्याय नपाएकोमा कुसुमलता सिंहले चिन्ता व्यक्त गरेकी छिन् । सिंह पूर्व आईजीपी पत्नी धिरज प्रताप सिंहको पत्नी हुन् ।
३० वर्षे हटाएर जागिर लम्ब्याउने खेलमा लागेका सिंह ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले नियमावली संसोधन नगरिदिएपछि अवकाशमा गएका थिए । त्यसपछि पत्नी कुसुमले ‘प्रचण्ड’ सरकारको आलोचना गरिरहेकी छन् ।
सामाजिक संजालमा स्ट्याटस पोष्ट गर्दै सिंहले माओवादीलाई ‘आतंककारी जत्था’को संज्ञा दिएकी छन् । जनताको पीडा, रोदान र चित्कारको मुल्यमा माओवादीसँग राजनीतिक दलका नेताहरुको सत्तालोलुप गठबन्धन भएको उनको भनाई छ ।
‘संसदमा तेस्रो ठुलो दल माओवादी अरुलाई दिने दाताको हैसियमा छ, कांग्रेस याचक (माग्ने) हैसियतमा थन्किएको छ’ कुसुमले सञ्जालमा लेखेकी छन्–‘एमाले बाटो ढुकेर बसेको छ, न्यायको खोजीमा बसेकी गंगामायाको भोको शासलाई जनताले पनि न्याय दिलाउन सकेका छैनन् ।’
नन्दप्रसादको परिवारले न्याय नपाएसम्म अन्तर्राष्ट्रिय अपराध अदालतको औचित्यमाथी गम्भिर प्रश्न उठ्ने उनको आरोप छ । कुसुम लताले शान्ति प्रक्रियामाथी गम्भिर प्रश्न उठाउँदै भनेकी छन्–‘विधिको शासन विसर्जन र दण्डहिनताको योभन्दा भयानक र खतरनाक रुप के हुने ?’
प्रेम प्रसाद आचार्यहरुको आत्मदाहबारे नेताहरुलाई सोच्ने फुर्सद नै नभएको उल्लेख गर्दै सिंहले लेखेकी छन्–‘नेताहरु त कुर्सी बचाउने, आपराधिक र घटिया शर्तमा भएपनि जनतामाथी शासन गर्ने र राष्ट्रको ढुकुटीमा लुट मच्चाउने विषयभन्दा माथी उठ्नै सकेनन् ।
प्रतिक्रिया