" कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्": मेयर बालेन

विहीबार, ३० चैत्र २०७९, १३ : १३

 काठमाडौँ - काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले  काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिका सार्न भनेका छन् । बिहीबार मध्यान्ह  सामाजिक सञ्जालमार्फत उनले सिंहदरबार र राजधानी काठमाडौँबाट सार्दा कुनै कुनै आपत्ति नहुने बताए ।

कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् ।

आफूहरूलाई राजनीति नभई सम्पदा, सस्कृती , कला र सभ्यता चाहिने उनले बताए । ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन,’ मेयर शाहले भने । सरकारले काठमाडौँ महानगरका माग सम्बोधन गरेको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर उठाउन रोक लगाएका छन् ।

विहीबार, ३० चैत्र २०७९, १३ : १३

प्रतिक्रिया