IFB ले  गर्यो नेपालमा नयाँ रेफ्रिजरेटरहरु सार्वजनिक

शुक्रबार, २२ भदौ २०८०, १७ : ०३

 काठमाडौँ - IFB, घरायसी सामानहरुमा प्रसिद्ध विश्वव्यापी ब्रान्ड IFB ले नेपालमा पहिलो पटक आफ्नो उन्नत रेफ्रिजरेटरहरू बजारमा ल्याएको छ । नेपालमा IFB होम अप्लाइन्सेसको आधिकारिक वितरक द सागतानी एक्जिम प्रा. लि.ले न्याडिसन होटलमा गरिएको औपचारिक शुभारम्भ कार्यक्रममा १० वटा भन्दा बढी नयाँ मोडलका फ्रिजहरु सार्वजनिक गरेको हो । लन्च गरिएका मोडलहरू(FI) फ्रोस्ट फ्री र डाइरेक्ट(DC) कूल गरी दुई किसिमका छन् । नयाँ मोडलका फ्रिजहरु रु. ३२ हजार ९ सय देखि ७२ हजार ९ सय सम्मका छन ।

फ्रिजहरुमा कपर इन्फ्युज्ड डुअल कन्ट्रोल टेक्नोलोजी, ३६० डिग्री सराउण्ड कुलिङ ७-इन १ कन्भर्टेबल, डोर अलार्म, एप बेस्ड कन्ट्रोल, स्मार्ट लाइट डिओडोराइजर स्मार्ट कन्ट्रोल प्यानल र एन्टी ब्याक्टेरियल जस्ता अत्याधुनिक सुविधाहरु छन् । ग्यास्केट रेफ्रिजरेटरहरुमा कडा ग्लास सेल्फहरू एल्युमिनियम इन्फ्युज्ड आइस ट्रे र अन्य धेरै फरक उच्च गुणस्तरका सामग्रीहरु समावेश छन् । फ्रिजमा कम्प्रेसरमा १० वर्षको वारेन्टी र १ वर्षभरी सेवा सुविधा । लन्च कार्यक्रम पछी सोही साँझ एक डिलर भेटघाट कार्यक्रमको पनि आयोजना गरिएको थियो । यस कार्यक्रममा नेपालभरबाट २०० भन्दा बढी डिलरहरुको उपस्थिति थियो । यो एक विशेष कार्यक्रममा IFB र The Sagtani Exim  दुबै कम्पनीका प्रतिनिधिहरु र नेपाल भरिबाट आएका डिलरहरुसँग IFB को भविष्य र नेपाली बजारका लागि यसको कार्य योजना र रणनीतिहरु बारे छलफल भएको थियो ।

यी दुबै कार्यक्रममा IFB india का शीर्ष व्यवस्थापक सलाम सोनमणि सिंह निर्यात बिक्री तथा मार्केटिङ प्रमुख, वेंकट सुब्बा राव मदाला उपाध्यक्ष तथा रेफ्रिजरेटर प्लान्ट प्रमुख श्री अंकुश सोनी, क्षेत्रीय प्रबन्धक (औद्योगिक उपकरण) हरुको उपस्थिति थियो । उहाँहरुले कम्पनीको पृष्ठभूमी, यसको प्राविधिक विकास र नेपाल र बाँकी विश्वमा क्ष्ँद्य को भविष्यका बारेमा विस्तृत रूपमा बोलेका थिए ।
 
 भारतको निर्यात बिक्री तथा मार्केटिङ प्रमुख   सलाम सोनामणी सिंहले नेपालमा IFB उपकरणहरुको राम्रो भविष्य प्रति आशावादी हुदै ''IFB लामो समयदेखि मुख्यतया वाशिङ मेसिन क्षेत्रमा बजारमा अग्रणी रहेको र नेपाली बजारमा प्रवेश गरेको १८ वर्ष मात्रै भएको भए पनि यी १८ वर्षमा हामीले ग्राहकहरुबाट अत्याधिक राम्रो प्रतिक्रिया पाएको कुरा भन्नुभयो । हामीले हाम्रो रेफ्रिजरेटरहरु नेपालमा पनि हाम्रो उत्पादन पोर्टफोलियो विस्तार गर्ने निर्णय गरेका छौ । सागतानी समुह जस्तो प्रतिबद्ध साझेदारको साथमा हामी विश्वस्त छौं कि हामी अधिकतम नेपाली ग्राहकहरु सम्म पुग्न उनीहरुको आवश्यकता पुरा गर्न र उनीहरुको अपेक्षा भन्दा बढी गर्न सक्षम हुनेछौं ।''

नयाँ फ्रिजको प्रवेश र मार्केटिङ रणनीति बारे प्रकाश पार्दे  विनोद सागतानी अध्यक्ष रागतानी एक्जिम प्रा.लि.ले भन्नु भयो,'' हाम्रो मार्केटिङ दृष्टिकोण सधैं फरक रहेको छ किनकि हामी साँच्चै विश्वास गर्छौ कि यदि कुनै उत्पादन राम्रो छ भने उसले आफै बोल्छ र यसको बलको आधारमा बिक्री हुन्छ । हामी बिक्री बढाउनको साथै हाका ग्राहकहरुलाई गुणस्तर र विश्वासिलो सेवा प्रदान गर्नमा बढी केन्द्रित हो । IFB नवप्रवर्तन र प्रविधिमा सधै अगाडि रहँदै आएको छ र त्यसैले यसले विश्वव्यापी रूपमा ग्राहकहरूको विश्वास जितेको छ। आगामी दिनहरुमा क्ष्ँद्य नेपालको बजारमा अग्रणि ब्राण्ड बन्ने ठूलो सम्भावना छ भन्नेमा म पूर्ण विश्वस्त छु।''

मूल रूपमा इन्डियन फाइन ग्ल्यान्क्स लिमिटेडको रूपमा चिनिने IFB स्विट्जरल्याण्डको Hierrich Schmidt AG सँगको सहकार्यमा १२७४ मा स्थापित भएको थियो। कम्पनीले १९८९ मा पूर्ण रूपमा स्वचालित वाशिंग मेसिन र अन्य अत्याधुनिक घरेलु उपकरणहरू उत्पादन गर्न थालेदेखि पछाडि फर्केर हेर्नु परेको छैन। आज ७ मिलियन भन्दा बढी भारतीय घरपरिवारहरुले IFB उत्पादनहरू प्रयोग गर्छन्, जसले यसलाई भारतको सबैभन्दा विश्वसनीय ब्रान्डहरु मध्ये एक बनाएको छ। सागतानी एक्जिम प्रा. लि. संग सन् २००५ मा औपचारिक सम्झौता गरेपछि IFB आधिकारिक रूपमा नेपालमा १८ वर्ष अगाडि प्रवेश गरेको हो ।

सन १९९८ मा सुरु भएको सागतानी एक्जिम देशको घरायसी सामानहरु परामर्श सेवा भान्साको जडान तथा मर्मत तथा अन्य धुलाईका उपकरणहरुको लागि प्रख्यात छ । यस समुहले भैरहवाको परासीमा स्टिल उत्पादन इकाई पनि स्थापना गरेको छ । नेपालभर फैलिएका २०० भन्दा बढी डिलरहरुको बृहत नेटवर्क र आफ्ना संजालहरु मार्फत बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्दै आइरहेको छ ।
 

शुक्रबार, २२ भदौ २०८०, १७ : ०३

प्रतिक्रिया