साविक विजेताको ब्याडलक, आइपीएलमा दिल्ली विजयी

६ बर्ष अगाडि

काठमाडौं– आईपीएल क्रिकेटको शनिबारको खेलमा  दिल्ली डेयरडेभिल्सले जित हासिल गरेको छ । 
मुुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली डेयरडेभिल्सले जित  हासिल गरेको हो । यो दिल्लीको पहिलो जित हो । 

मुम्बईले दिएको  १९५ रनको लक्ष्य दिल्लीले ३ विकेट खर्चिँदै अन्तिम बलमा भेट्टायो । 
दिल्लीको जितमा जन्सोन रोय नायक बने । उनले ९१ रन बनाए । यस्तै रिसव पन्त ४७, श्रीयस लायरले २७ रन, गौतम गम्भीरले १५ र  गेलनाले १३ रन बनाए । 


यसअघि, उत्कृष्ट शुरुवात गरेको मुम्बईले त्यसलाई निरन्तरता दिन नसक्दा ७ विकेटको क्षतिमा १९४ रनमा समेटिएको थियो ।
मुम्बईको लागि एविन लुइसले ४८ रन बनाए भने सूर्यकुमार यादवले ५३ रन बनाए । 
त्यसपछि आएका इसान किशन ४४ रन बनाउँदै आउट भएपछि मुम्बईको पारी धर्मरायो । 
हारपछि साबिक विजेता मुम्बईले तीन खेलमा एउटा पनि जीत निकाल्न सकेको छैन । 

६ बर्ष अगाडि

प्रतिक्रिया