ताजा समाचार

निक्षेप सङ्कलन उपकरणमार्फत १० अर्ब तान्दै राष्ट्र बैंक बोलकबोल आजै गरिने

मंगलबार, १७ पुस २०८०, ०८ : २५

काठमाडौं - नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न यो उपकरण जारी गर्न लागेको एक सूचनामा उल्लेख छ । 

उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज (पुस १७ गते) हुने केन्द्रीय बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। केन्द्रिय बैंकले ७ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको हो। साँवा र ब्याज भुक्तानी मिति पुस २४ गते तोकिएको छ। यसको ब्याजदर बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।
rasta bank

मंगलबार, १७ पुस २०८०, ०८ : २५

प्रतिक्रिया