काठमाडौँ- वीरगन्ज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा सिलबन्दी गरेको छ।
सहकारीले बचतकर्ताको करोडौं रुपैयाँ फिर्ता नगरेकाले महानगरका सहकारी शाखा प्रमुख सुनीलकुमार कर्ण, बडा ६ का अध्यक्ष जयप्रकाश साह अग्रवाल, प्रशासन र प्रहरीको उपस्थितीमा सिल गरिएको हो। सहकारीमा वीरगन्जका करिब ८ सय साना तथा ठूला व्यापारिक घरानाको करिव १ सय ३५ करोड रुपैयाँ बचत रहेको थियो ।
अदालतले सानो पाइलाका संस्थापक गितेन्द्रबाबु (जीबी) राई, वर्तमान अध्यक्ष अनन्तवाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्विरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेललगायत १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । संस्थापक जीबी र अध्यक्ष अनन्तवावु सहोदर दाजुभाइ हुन् भने पूर्वसचिव तस्बिरन मियाँ र प्रबन्धक असरफ अलि सिद्धिकी पतिपत्नी हुन् । प्रहरी प्रवक्ता एवम् डीएसपी कुमारविक्रम थापाका अनुसार ५२ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।
महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाले डेढ वर्षअगाडि नै सहकारीले कानुनविपरीत पैसा अन्यत्र पठाएको पाएको थियो। सम्बद्ध कर्मचारीका अनुसार काठमाडौंमा रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई ६० लाख रुपैयां सानो पाइलाले दिएको पाइएको थियो। ुत्यति धेरै रकम के प्रयोजनका लागि दिइएको भन्ने कुनै कागजात थिएन,ु महानगरका एक कर्मचारी भन्छन्, ुहामीले सोध्दा पुरानो हिसाब मिलानका लागि पठाइएको जवाफ दिन्थे ।ु गत साउन १५ मा सहकारीले जारी गरेको श्वेतपत्रमा अहिलेको गतिरोध समाधान गर्न समान उद्देश्य र कार्यक्षेत्र रहेका सहकारी संस्थासंग एकीकरण गर्ने उल्लेख थियो। श्वेतपत्रमा उल्लेख भएका वटा सहकारीमध्ये एउटा स्वर्ण लक्ष्मी सहकारीको पनि छ। काठमाडौको गोकशी श्रेष्ठले उक्त सहकारीबाट २०७४ फागुन १ मा ३० लाख रुपैयाँ ऋण लिएका थिए। ब्याज नतिरेकाले उनका नाममा ७६ लाख ४६ हजार रुपैयाँ ऋण देखिएको छ। यसैगरी सहकारीका प्रबन्धक असरफ अलि सिद्दिकीकी श्रीमती तस्बिरन मियाँले २०७६ फागुन २६ मा ५० लाख रुपैयाँ ऋण लिएकी थिइन्। सहकारीकी पूर्वसचिवसमेत रहेकी तस्विरनले व्याज नतिर्दा उनको ऋण ५७ लाख २० हजार पुगेको छ ।
यसअघि वीरगन्ज महानगरपालिकाले भदौ ४ मा सानो पाइलालाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूको चल–अचल सम्पत्ति रोक्का गरी पक्राउ गर्न भूमि व्यवस्था सहकारी तथा गरिवी मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। बचत गरेको निक्षेप झिक्न नपाएको भन्दै १ सय २० जना बचतकर्ताले महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा लिखित उजुरी दिएका थिए ।
सञ्चालक र व्यवस्थापक नै सम्पर्कविहीन भएपछि मन्त्रालय, सीआईबी र राष्ट्र बैंकलाई कारवाहीका लागि पत्र लेखेको बदला शाखको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन प्रमुखले बताएका छन् । ।
प्रतिक्रिया