नेकपा सांसद नविना लामाले छुटाइन् गुण्डा नाइके

५ बर्ष अगाडि

काठमाडौं– पक्राउ परेका गुण्डा नाइकेलाई नेकपाकी सांसद नविना लामाले छुटाएकी छन् । गुण्डा नाइके सत्यमान लामालाई सांसद लामाको दवावमा शुक्रबार  महानगरीय प्रहरी परिसर काठमाडौंले रिहा गरेको हो । 
बहीबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका सत्यमानलाई लामाको  दवावपछि  उनकै  जिम्मा लगाएर पठाएको हो ।  
सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको भएपनि रिहा गरिएको हो । 
नबिना र सत्यमानबीच दाइ–बहिनीको सम्बन्ध रहेको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया