ग्रिन डेभलपमेन्ट बैंकको मुनाफामा उल्लेख्य वृद्धि

आइतबार, ०७ माघ २०८०, १० : ४१

काठमाडौँ- ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफामा व्यापक वृद्धि भएको छ ।

 
बैंकले आज जारी गरेको चालु आवको दोस्रो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ३४५.४१ प्रतिशतले बढेको हो । समिक्षा अवधिसम्म बैंकले १ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिमा २८ लाख २९ हजार रुपैयाँमा समिति थियो ।  

 बैंकको वितरणयोग्य मुनाफा भने १ लाख १३ हजार रुपैयाँ मात्रै छ । बैंकको इम्पेयरमेन्ट चार्ज समेत घटेको छ । अघिल्लो आवसम्म ४ करोड १४ लाख रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म २४ करोड ५९ लाख रुपैयाँमा सीमित रहेको बैंकको खुद ब्याज आम्दानी बढेर २८ करोड १३ लाख रुपैयाँ पुगेको छ ।  

बैंकको प्रतिसेयर आम्दानी ४.८६ रुपैयाँ रहेको छ । जुन गत आवको समिक्षा अवधिसम्म १.०९ रुपैयाँ  थियो । दोस्रो त्रैमासम्म बैंकको कर्जा निक्षेप अनुपात बढेर ८३.५३ प्रतिशत पुगेको छ । जुन गत आवमा ८३.५१ प्रतिशत थियो ।  

आइतबार, ०७ माघ २०८०, १० : ४१

प्रतिक्रिया