एनएमबि बैंकको नाफामा गिरावट

आइतबार, ०७ माघ २०८०, ११ : ०८

काठमाडौं- एनएमबि बैंकको नाफामा गिरावट आएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ भने खराब कर्जा बढेको छ ।

खुद ब्याज आम्दानी १२ दशमलव ३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।

आइतबार, ०७ माघ २०८०, ११ : ०८

प्रतिक्रिया