नेपाल बैंकको वित्तीय विवरण सार्वजानिक

आइतबार, ०७ माघ २०८०, ११ : ३३

काठमाडौं- नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

चालु आवको पुस मसान्तसम्म बैंकले ५९ करोड ५१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २०।४० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकको सञ्चालन नाफा ७६ करोड २५ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४४ करोड ५० लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ५४ पैसा रहेको छ । बैंकको खराब कर्जा ४.५ प्रतिशत रहेको छ ।

आइतबार, ०७ माघ २०८०, ११ : ३३

प्रतिक्रिया