ज्योति विकास बैंकको खुद नाफा उत्साहजनक

सोमबार, ०८ माघ २०८०, ०८ : १८

काठमाडौं- ज्योति विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा उत्साहजनक रुपमा बढेको छ ।

बैंकले यसअवधिमा नाफा १९० दशमलव ६७ प्रतिशतले बढेर १० करोड १० लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ३ करोड ४७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी सामान्य घटेको छ भने सञ्चाल नाफा ह्वातै बढेको छ । सञ्चालन नाफा बढ्दा बैंकको मुनाफा बढ्न टेवा पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २ दशमलव ३६ प्रतिशत ले घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ ।

यता, बैंकको सञ्चालन नाफा भने १९६ दशमलव ७३ प्रतिशतले बढेर १४ करोड ७३ लाख रुपैयाँ कायम भएको छ ।

सोमबार, ०८ माघ २०८०, ०८ : १८

प्रतिक्रिया