काठमाडौँ - एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ र ७ गते शनिबार आइतबार लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको थियो ।

मिति २०८० माघ ६ गते शनिबार लुम्बिनी प्रदेश (A) सिद्धार्थ कटेज बुटवल मा सम्पन्न कार्यक्रममा संस्थाका संचालक दिपक ढकाल,लुम्बिनी प्रदेश (A) का ओभरसाइट अफिसर राकेश श्रेष्ठ,संस्थाका मानव संसाधन बिभाग प्रमुख सुजन ढकालको उपस्थिती रहेको थियो भने लुम्बिनी प्रदेश (B) मा संचालक समिती को तर्फ बाट अध्यक्ष सुवर्ण पौडेल, संस्थाका संचालक विभोर कुमार अग्रवाल, साथसाथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने , लुम्बिनी प्रदेश (B) का ओभरसाइट अफिसर उद्धव नेपाल को उपस्थितीमा सिद्धार्थ होटेल नेपालगंजमा शनिबार सम्पन्न गरिएको थियो ।

कर्णाली प्रदेशमा भने मिति २०८० माघ ७ गते आइतबार उक्त कार्यक्रम सुर्खेत को सिद्धार्थ होटेल मा संस्थाका संचालक समिती का अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिस,संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपानेको उपस्थितीमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया