काठमाडौँ - फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनबीच बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी २०८० साल माघ ०९ गते फेडेरलको कार्यालय काठमाण्डौंमा सम्पन्न भएको छ । सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक श्री सुवर्ण पौडेल तथा नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन को तर्फबाट अध्यक्ष डा. रविन्द्र घिमिरेले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुवै संस्थाको उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।
फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छाटो समयमै बेलायतबाट प्रतिष्ठीत गुणस्तर चिन्ह ISO 9001:2015 / Indian Chamber of Commerce af6 “Broker of the Year 2023 (Nepal)”
को उपाधी हासिल गर्न समेत सफल भएको छ भने अर्कोतर्फ, बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धानकर्ताहरुको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशन मार्फत बीमा उद्योगको प्रवर्द्धन गर्नु हो ।
प्रतिक्रिया