सस्तियो डलरको भाउ, बिहीबारका लागि अन्य विदेशी मुद्राको दर भाउ कति ?

विहीबार, ११ माघ २०८०, ०८ : ०१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनीमयदर सार्वजनिक गरेको छ । जस अनुसार क्रमशः दुई दिन बढेको आज सामान्य घटेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ। बुधवार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको थियो ।

त्यस्तै युरो १४४ रुपैयाँ ६० पैसा र बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्री दर १६९ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५८ पैसा र बिक्री दर ८७ रुपैयाँ ९७ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । 

                                                                                         विस्तृत रुपमा हेर्नुहोस्

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.70 133.30
EUR  (European Euro) 1 144.60 145.26
GBP  (UK Pound Sterling) 1 169.14 169.90
CHF  (Swiss Franc) 1 153.53 154.23
AUD  (Australian Dollar) 1 87.58 87.97
CAD  (Canadian Dollar) 1 98.68 99.13
SGD  (Singapore Dollar) 1 99.17 99.62
JPY  (Japanese Yen) 10 9.00 9.04
CNY  (Chinese Yuan) 1 18.53 18.62
SAR  (Saudi Arabian Riyal) 1 35.38 35.54
QAR  (Qatari Riyal) 1 36.40 36.56
THB  (Thai Baht) 1 3.72 3.74
AED  (UAE Dirham) 1 36.13 36.29
MYR  (Malaysian Ringgit) 1 28.05 28.17
KRW  (South Korean Won) 100 9.95 9.99
SEK  (Swedish Kroner) 1 12.72 12.77
DKK  (Danish Kroner) 1 19.39 19.48
HKD  (Hong Kong Dollar) 1 16.97 17.05
KWD  (Kuwaity Dinar) 1 431.36 433.31
BHD  (Bahrain Dinar) 1 352.01 353.60
विहीबार, ११ माघ २०८०, ०८ : ०१

प्रतिक्रिया