मिर्मिरे लघुवित्तको लाभांश वितरणमा रोक

विहीबार, ११ माघ २०८०, १० : ५२

काठमाडौँ- मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडलाई राष्ट्रबैंकले लाभांश वितरणमा रोक लगाएको छ । 
 
कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष  २०७९८० को वित्तीय विवरण पास गरी चुक्तापुँजीको  ६।३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो ।  

सो निर्णय स्वीकृतिका लागि राष्ट्रबैंक पठाइएकोमा त्यहाँबाट अस्वीकृत भएको हो । 
राष्टबैंकले माघ ८ गते एक पत्र पठाउँदै मिर्मिरे लघुवित्तलाई गत आर्थिक वर्षको नाफा सञ्चित गर्न र कुनै पनि लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।  

सोही निर्देशनलाई आधार मान्दै मिर्मिरे लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरिएको लाभांश रद्द गर्ने निर्णय गरेको छ ।  

विहीबार, ११ माघ २०८०, १० : ५२

प्रतिक्रिया