सानिमा जिआई इन्स्योरेन्सको  सेयरधनीहरुको हात खाली

विहीबार, ११ माघ २०८०, ११ : ०७

काठमाडौँ- सानिमा जिआई इन्स्योरेन्स लिमीटेड पनि लगानीकर्तालाई निराश बनाउने कम्पनीको सूचीमा परेको छ ।  

यो कम्पनीले पनि गत वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

माघ १० गते बसेको यो कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो । वित्तीय विवरण स्वीकृतिका लागि पेश गर्दै गर्दा कम्पनीले सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिइने समेत जनाएको छ ।  

विहीबार, ११ माघ २०८०, ११ : ०७

प्रतिक्रिया