सपोर्ट लघुवित्तको मुनाफामा उल्लेख्य वृद्धि

शुक्रबार, १२ माघ २०८०, ०८ : ३२

काठमाडौँ- सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २४६.८२ प्रतिशतको उल्लेख्य मुनाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ८६ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २४६।८२ प्रतिशतले धेरै हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको मुनाफा २४ लाख ९१ हजार रुपैयाँ थियो ।  

यस्तै, कम्पनीको सञ्चालन मुनाफा समेत वृद्धि भएको छ । समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ७२ लाख ४ हजार रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिसम्म ३३ लाख ६९ हजार रुपैयाँमा सीमित थियो ।  

अन्य वित्तीय संस्थाहरु खराब कर्जाको समस्याबाट ग्रसित भईरहदा कम्पनी भने यो घटाउन सफल देखिन्छ ।  यो अवधिसम्म कमपनीको खराब कर्जा १.५४ प्रतिशतमा सीमित भएको छ । जुन अघिल्लो आवमा ३।५३ प्रतिशत कायम थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानीमार्फत कम्पनीले ११ करोड ४१ लाख बढी आर्जन गरेको छ । जुन अघिल्लो आवमा ९ करोड ९६ लाखमा सीमित थियो ।  

कम्पनीको प्रतिसेयर आम्दानी १८.१५ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.४९ गुणा, प्रतिसेयर नेटवर्थ १५६.७९ रुपैयाँ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९२६.१४ रुपैयाँ र तरलता अनुपात २१.९२ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा तरलतामा देखिएको सहजताले कम्पनीको सदस्य संख्या,ऋणी संख्या,निक्षेप संकलन रकम,कर्जा लगानी रकम र आम्दानीमा सन्तोषजनक वृद्धि भई कम्पनीको मौज्दात,आम्दानी र तरलतामा परिवर्त देखिएको छ ।  कम्पनीको चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको छ । 

शुक्रबार, १२ माघ २०८०, ०८ : ३२

प्रतिक्रिया