काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको दरभाउ सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै आज आइतबार युरो १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ । आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसै गरी आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५८ पैसा र बिक्री दर ८७ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
विस्तृतमा हेर्नुहोस्
प्रतिक्रिया