एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

आइतबार, १४ माघ २०८०, ११ : ३०

काठमाडौं- एसियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आज माघ १२ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४० प्रतिशत प्रतिशत नगद लाभांश गरी जम्मा ८.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

 

आइतबार, १४ माघ २०८०, ११ : ३०

प्रतिक्रिया