सेवाको सातौं वर्षमा खल्ती

३ महिना अगाडि

काठमाडौँ - डिजिटल वालेट खल्ती सेवाको सातौं वर्षमा प्रवेश गरेको छ । २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल कारोबार शुरू गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको बताएको छ ।

खल्तीले दैनिक करीब ३ लाखओटा भन्दा बढी कारोबार गर्दै आएको बताएको छ । एक लाखभन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायी प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भएको बताइएको छ । करीब ४० लाखभन्दा बढी प्रयोगकर्ता, एक लाखभन्दा बढी एजेन्ट, ६० हजारभन्दा बढी मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था र १५ सयभन्दा बढी सहकारीसँग कारोबार गर्दै आएको खल्तीले दाबी गरेको छ । सातौं वार्षिकोत्सवका अवसरमा कम्पनीले विभिन्न सुविधा, क्यासब्याक, उपहार लगायत ल्याएको बताइएको छ ।

३ महिना अगाडि

प्रतिक्रिया