ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

आइतबार, १४ माघ २०८०, १८ : १५

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबार १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । माघ १६ गते जारी गर्नेगरी केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो । 

तथापि, मंगलबार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि नै बिक्री भएको पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको हो ।  बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीमा ८ अर्ब १० करोड रुपैयाँ नवीकरण हुनेछ भने १८२ दिने र ३६४ दिनेमा क्रमशः ५ अर्ब रुपैयाँ र ६ अर्ब रुपैयाँ नवीकरण हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार अर्थात् माघ १५ गते दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने माघ १६ गते मंगलबार बिक्री हुनेछ । केन्द्रीय बैंकले यसअघि माघ ८ गते १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

आइतबार, १४ माघ २०८०, १८ : १५

प्रतिक्रिया