रिलायवल नेपाल लाइफद्वारा रु.१४ लाख मृत्यु दाबी भुक्तानी

सोमबार, १५ माघ २०८०, १७ : ०६

काठमाडौँ - रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नंं ५ का मृतक राम ब। घर्ति को परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  
 
उक्त रकम कम्पनीको सुर्खेत शाखा प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी र जनप्रतिनिधी निमवहादुर वुढामगर को रोहवरमा मृतक बीमितकी श्रीमती काशीमाया घर्तिलाई प्रदान गरिएको हो । दाबीबापतको रकम माघ १५ गते मृतककै घरमा गएर प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

बीमित घलेको मृत्यु गत मंसिर २२ गते मलेसियामा भएको थियो । 

सोमबार, १५ माघ २०८०, १७ : ०६

प्रतिक्रिया