अधिक तरलता थुप्रिएसँगै २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

मंगलबार, १६ माघ २०८०, ०९ : ०५

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ प्रशोचनको गर्ने भएको छ ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । 

अनलाइन बिडिङ सिस्टममार्फत माघ १६ गते दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ ।  

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन १ गते हुनेछ ।  निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले धमाधम निक्षेप तानिरहेको छ ।  

मंगलबार, १६ माघ २०८०, ०९ : ०५

प्रतिक्रिया