काठमाडौँ- नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। माघ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो।
यस्तै आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी माघ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया