नेपाल वेयरहाउजिङको  वित्तीय विवरण कस्तो ?

बुधबार, १७ माघ २०८०, ०८ : ५२

काठमाडौँ- नेपाल वेयरहाउजिङको घाटा २०८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ करोड २१ लाख २१ हजार १११ रुपैयाँ घाटा व्यहोरेको हो ।  

गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको घाटा २ करोड ९९ लाख ९ हजार ३७४ रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी वृद्धि भएको छ । कम्पनीले यो अवधिसम्म ६६ लाख १७ हजार बढी आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३२ लाख ४६ हजार बढी आम्दानी गरेको थियो ।  

कम्पनीको खर्च १२२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ करोड ४२ लाख रहेको कम्पनीको खर्च दोस्रो त्रैमाससम्ममा बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १३.४० रुपैयाँ ऋणात्मक,प्रतिसेयर बजार मूल्य ७९१.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात ५९.०५,प्रतिसेयर नेटवर्थ ९७।२३ रुपैयाँ कायम भएको छ । 
 

बुधबार, १७ माघ २०८०, ०८ : ५२

प्रतिक्रिया