एक कम्पनीले लाभांश वितरण नगर्ने

बुधबार, १७ माघ २०८०, १० : ४४

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७८र७९ को नाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बुधबार, १७ माघ २०८०, १० : ४४

प्रतिक्रिया