हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

विहीबार, १८ माघ २०८०, १० : ५५

काठमाडौँ- हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको १६ औँ वार्षिक सानधारण सभा आज काठमाण्डौको गैरीधारामा रहेको सिल्भर ओक बेंक्वेटमा आयोजना हुन लागेको हो ।  

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८०  को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।  

यस्तै साविकको प्राइम लाइफ,गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको लेखापरीक्षकको प्रतिवेदन,वासलात,नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । सभामा ३ जना संस्थापक र ३ जना सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन तथा एक जना स्वतन्त्र सञ्चालको नियुक्तीको अनुमोदन गर्ने प्स्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत माघ ३ गते बुक क्लोज गरिसकेको छ । 

विहीबार, १८ माघ २०८०, १० : ५५

प्रतिक्रिया