निर्धन उत्थान लघुवित्तद्धारा वार्षिक साधारण सभा आव्हान

विहीबार, १८ माघ २०८०, १२ : ३०

काठमाडौं- निर्धन उत्थान लघुवित्तले २५ औं वार्षिक साधारण सभा  बोलाएको छ । सभा संस्थाको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान फागुन ११ गते १० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ माघ २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

विहीबार, १८ माघ २०८०, १२ : ३०

प्रतिक्रिया