महिला लघुवित्तले लाभांश वितरण नगर्ने

शुक्रबार, १९ माघ २०८०, ११ : २२

काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश वितरण नगर्ने भएको छ ।लघुवित्तको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आर्थिक वर्षमा कायम वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णयसँगै बैठकले सो अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरुलाई स्वीकृत गरेको छ ।

बैठकले सञ्चालक समितिबाट पारित सो आ.ब.को वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्रबैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत भएको छ ।

शुक्रबार, १९ माघ २०८०, ११ : २२

प्रतिक्रिया