नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शनबीच व्यवसायिक सम्झौता

३ महिना अगाडि

काठमाडौँ - नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका हुन् । 

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरु र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहकहरुलाई कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको केबुलबार चढ्दा १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएकोे छ । कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने बताए । 
 

३ महिना अगाडि

प्रतिक्रिया