हिमालयन डिष्टिलरीले जम्मा गर्यो नगद लाभांश सेयरधनीको खातामा

आइतबार, २१ माघ २०८०, १० : ०९

काठमाडौं : हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश खातामा जम्मा गरिदिएको छ । 

कम्पनीले माघ ३ गतेदेखि हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको जनाएको छ । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि निर्देशन गरेको छ । 

त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । कम्पनीको पुस २५ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट १०  प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

himalayan

आइतबार, २१ माघ २०८०, १० : ०९

प्रतिक्रिया