काठमाडौंः एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भारी मात्रामा घाटा व्यहोरेको छ ।
संस्थाल दोस्रो त्रैमाससम्मे ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो । यस पटक घाटा बेहोरेको यस संस्थाले गत वर्षको यसैअवधिमा १३ लाख ५३ हजार रुफैयाँ नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा ऋणात्मक हुँदा संस्था घाटामा पुगेको हो । त्यस्तै १६ करोड २८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले घटेर १० करोड ७६ लाख रुपैयाँमा झरेको छ।
यसको सञ्चालन नाफा ६ करोड ७६ लाख ऋणात्मक छ। एनएमबिको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ। संस्थाको जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ९वार्षिक० १८ रुपैयाँ ७३ पैसा नोक्सानीमा छ ।
प्रतिक्रिया