युनाइटेड हाइड्रोले गर्यो लाभांश घोषणा

सोमबार, २२ माघ २०८०, १२ : ११

काठमाडौँ - युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको माघ २१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०।२८९ नगद लाभांश (कर तिर्न) गरी जम्मा ५.७८९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

अब उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । साथै, कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । 

सभा आभ्या क्लब, घारीपाटन(१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

सोमबार, २२ माघ २०८०, १२ : ११

प्रतिक्रिया