रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि

मंगलबार, २३ माघ २०८०, ११ : २५

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो ।

अघिल्लो आवको सोहि अवधिमा कम्पनीको खुद नाफा २२ करोड ४६ हजार रुपैयाँमा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ९३ करोड बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८.१७ प्रतिशतले धेरै हो । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँबराबरको बीमाशुल्क अंकलन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीबापत ६३ करोड ९० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवभन्दा ५५.१५ प्रतिशतले धेरै हो ।

समिक्षा अवधिमा कम्पनीको कुल खर्च १३.६८ प्रतिशतले बढ्दै २ अर्ब १८ करोड पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीले २ लाख ४५ हजार ९२० वटा पोलिसी जारी गरेको छ । कम्पनीले यो अवधिसम्म ५९ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमाससम्मको तुलनामा ५.०७ प्रतिशतले बढी हो ।ऋष्तथ भ्हउचभकक

समिक्षा अवधिसम्म कम्पनीले १३ अर्ब ८२ करोड रुपैयाँ दिर्घकालिन र १ अर्ब ३७ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ । कम्पनीके सञ्चित आम्दानीमा सुधार भएको छ । कम्पनीको सञ्चित आम्दानी ३२.१६ प्रतिशतले बढेदै १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ रहेको छ ।

मंगलबार, २३ माघ २०८०, ११ : २५

प्रतिक्रिया