काठमाडौं–०७३ साल चैत ८ मा पाँच जना न्यायाधिसको संयुक्त इजलासले गुठीको जग्गा जे–जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न गरेको फैसलालाई काठमाडौं जिल्ला अदालतको २०८० मंसीर २७ गतेको निर्णयले उल्ट्याइ दिएको छ । गुठीको (जहाँ लक्ष्मीनारायणको मन्दिर छ ) जग्गा व्यक्तिको नाममा हुने गरी विवादास्पद फैसला भएको पाइएको छ ।न्यायाधीस दुर्गाप्रसाद खनालको एकल इजलासले उक्त विवादित फैसला गरेको हो । सर्वोच्चको प्रतिवादित नजिरलाई लत्याउँदै खनालले गुठीको जग्गा व्यक्तिको नाममा गरेर विवादास्पद फैसला गरेका हुन् ।
थापाथलीस्थित कुरिया गाउँमा रहेको गुठीको जग्गा जयपाल श्रेष्ठको नाममा गरिएको हो । गुठी नियमावली विपरित खाजा समयमा समेत काम गरेर अर्को दिन मुद्दाको पेसी नसर्ने गरी न्यायाधिस खनालले श्रेष्ठका पक्षमा फैसला गरेको आरोप छ ।थापाथलीस्थित कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे ३ रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउन २०७३ मा फैसला भएको थियो । मन्दिर र यस वरपरको जग्गा पूर्वराजा वीरेन्द्रका चालक (पाइलट) गोपाल श्रेष्ठ हुँदै हाल उनकी श्रीमती इन्दिरा श्रेष्ठ र पछि उनका छोरा जयपाल श्रेष्ठका नाममा नामसारी भएको थियो । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको थियो।
गुठी संस्थानले केही बर्ष अघि सो लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे तीन रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउने प्रक्रिया सुरु गरेको पनि हो । सो प्रक्रिया सामसुम पारेर आदलतबाट अहिले अर्को निर्णय गराइएपछि अहिले जिल्ला अदालतको सो निर्णय प्रति भयंकर शंशय उत्पन्न भएको छ । ०७६ सालमा मन्त्रिपरिषद्ले नै गुठी संस्थानलाई सो जग्गा मातहत ल्याउन आदेश दिएपछि व्यक्तिले हड्पेको जग्गा संस्थान मातहतमा ल्याउने प्रक्रिया सुरु भएको थियो । काठमाडौँ महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरुपमा फर्काउन संस्थान लागि परेको पनि हो । तर काठमाडौं जिल्ला अदालतको ०८० मंसीर २७ गतेको निर्णयले गुठीको अरबौं पर्ने मुल्यवान जग्गा ब्यक्तिको पोल्टामा पर्ने भएको छ । त्यसरी अरबौंको सरकारी जग्गा सेटिगको भरमा एकजना ब्यक्तिको नाममा पुगिसक्दा समेत गुठी संस्थान सहित सम्बन्धीत सरोकारवाला मौन छन् । सरकारले गलत गर्नेहरुको, सरकारी जग्गा किर्ते गरी हत्याउने तथा हड्प्नेहरुको फाइल धमाधम खोलिरहेको अवस्थामा यस विषयमा पनि विशेष ध्यान खर्चनु पर्ने एकजना स्थानिय ब्यक्तित्वले बताए । उनले भने सबैजना चुप लागेर बस्ने हो भने यो ऐतिहासि मन्दीर अब ब्यक्तिको नाममा जाने भो । सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको सो मन्दिरमा हाल स्थानीयवासी प्रवेशमा रोक लगाइएको छ । जहाँ भिएस निकेतन देखि मेरी पपिन्स हुँदै हाल त्रैविद्य शिक्षा सदन भाडामा बस्दै आएको छ । संस्थानमा राजगुठीको लगत भएको सो जग्गा मालपोत कार्यालय वीरगञ्जबाट राजीनामा पास गरी श्रेष्ठ परिवारका नाममा आएको देखिन्छ । जबकी काठमाडौँको जग्गा वीरगञ्ज मालपोतमा राजानिामा पास हुने कुरा नै किर्ते भएको एक जना अधिबक्क्ताले बताए ।

सयौँ वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीयवासी बिहान–बेलुका जान नपाउँदा अहिले भने दुखी छन् ।
यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तमशम्शेरले लेख्नुभएको पुस्तक ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ । लखनऊ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परे । उहाँकी रानीले बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार मागिन् । जङ्गबहादुरले रानीलाई ल्याएर थापाथलीस्थित प्रसूतिगृह नजीकै राखे । तिनै रानीले राजस्थानी शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तमशम्शेरले पुस्तकमा उल्लेख गर्नुभएको थियो । पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस सङ्गठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो । संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको थियो । मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुत्नुभएका नारायणको मूर्ति राखिएकामा अहिले त्यो संरचनासमेत हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।
मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीयवासी पूर्णलाल, अश्लेचन, लगायतका स्थानीयवासी
, सर्वमङ्गल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुट्दै आएका छन् । यहाँबाट पारि ललितपुर सामान वारपार गरिने भएकाले करिया गाउँ भनिन्थ्यो । भीमसेन थापाले हाल नेपाल कला परिषद् भएको स्थानमा दरबार बनाएपछि यो ठाउँलाई थापाथली भन्न थालिएको विषय पुरुषोत्तमशम्शेरले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।
जङ्गबहादुर राणाको पुख्र्यौली घरसमेत थापाथलीमै थियो । थापालाई राणाले यहाँबाट हटाएपछि कुरियागाउँ भन्न थालिएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया