काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न सरकारी निकायमा सफ्टवेयर प्रणालीको निर्माण, स्तरोन्नति र सुरक्षा व्यवस्थापनका लागि उच्च पारिश्रमिक सुविधासहितका विज्ञहरूको ठूलो सङ्ख्यामा दरखास्त आह्वान गरेको छ।
सरकारी निकायहरूमा प्रविधिको विकास र सञ्चालनलाई आधुनिक एवं सुरक्षित बनाउने उद्देश्यले असोज २९ गते प्रकाशित सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट कात्तिक १८ गतेभित्र अनलाइनमार्फत आवेदन माग गरिएपछि एकैरातमा १०० भन्दा बढी आवेदन प्राप्त भएका छन् ।
केन्द्रले सार्वजनिक गरेको विज्ञापन अनुसार सबैभन्दा बढी पारिश्रमिक प्रमुख प्रविधि विज्ञ पदका लागि तोकिएको छ। सूचना प्रविधि विषयमा स्नातकोत्तर तह उत्तीर्ण भई आर्किटेक्चर, प्रविधि रणनीति र सुशासनमा अनुभव भएका विज्ञलाई सरकारले मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक दिनेछ।
यसै गरी सूचना प्रविधिमा स्नातकोत्तर योग्यता चाहिने दुई जना प्रोजेक्ट म्यानेजरका साथै स्नातक तह उत्तीर्ण भएका विज्ञहरूका लागि सेक्टर प्रमुख ९प्रोजेक्ट तथा बिजनेश एनालिसिस०, सेक्टर प्रमुख ९सफ्टवेयर इन्जिनियरिङ०, सेक्टर प्रमुख ९क्वालिटी एनालिसिस० र सेक्टर प्रमुख ९इन्फ्रास्ट्रक्चर तथा अपरेसन्स० गरी पाँच विभिन्न पदमा मासिक २ लाख रुपैयाँ पारिश्रमिक तोकेर आवेदन खुलाइएको छ।
यसका अलावा अन्य प्राविधिक पदहरूमा पनि निजी क्षेत्रको कर्पोरेट हाउसभन्दा लोभलाग्दो पारिश्रमिक तोकिएको छ। जसअन्तर्गत चार जना सिस्टम एनालिस्टलाई मासिक १ लाख ६० हजार रुपैयाँ, तीन जना सिनियर डेभलपर र दुई जना सिस्टमरनेटवर्करडाटाबेस एडमिनिस्ट्रेटरलाई मासिक १ लाख ४० हजार रुपैयाँ पारिश्रमिक दिइनेछ।
त्यस्तै १५ जना मध्यम तहका डेभलपरलाई मासिक १ लाख २५ हजार रुपैयाँ, दुई जना साइबर सुरक्षा विज्ञलाई मासिक १ लाख १० हजार रुपैयाँ तथा दुई जना क्वालिटी एनालिस्ट र दुई जना ग्क्ष्रग्ह् डिजाइनरलाई मासिक ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ। यसैगरी तीन जना जुनियर डेभलपरलाई मासिक ४८ हजार रुपैयाँ र दुई जना टेक सपोर्ट पदका लागि मासिक ४० हजार रुपैयाँ पारिश्रमिक व्यवस्था गरिएको छ।
इच्छुक आवेदकहरूले आफ्नो अद्यावधिक बायोडाटा, नेपाली नागरिकता, न्यूनतम शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू संलग्न गरी केन्द्रको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
उच्च तहका पदहरूको छनोट शैक्षिक योग्यता, कार्यअनुभव, प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा गरिनेछ भने अन्य पदहरूका लागि शैक्षिक योग्यता र अनुभवका साथै प्रयोगात्मक परीक्षा र अन्तर्वार्तासमेत लिइनेछ। भर्ना हुने विज्ञहरूको सेवा(सुविधा तथा करार सम्झौता सफ्टवेयर विकास तथा सञ्चालन विकास समिति ९गठन० आदेश, २०८३ बमोजिम हुनेछ।
प्रतिक्रिया