कामना बैंकद्वारा सत्यवती देवी विद्यालयलाई सामाग्री हस्तान्तरण

मंगलबार, २३ माघ २०८०, १५ : ०२

काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्ने स्थित श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख  बलराम लम्सालले श्री सत्यवती देवी आधारभुत विद्यालयको प्रधानाध्यापक  ईश्वर बहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा विद्यालयका विद्यार्र्थीहरु, शिक्षकहरु तथा स्थानीय महानुभावहरु साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ  ।

 
 

मंगलबार, २३ माघ २०८०, १५ : ०२

प्रतिक्रिया