काठमाडौँ - हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालले शपथ लिएका छन् । अग्रवालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष माघ २२ गते शपथ लिएका हुन् ।
शपथ पश्चात प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सफल कार्यकालको कामना व्यक्त गरे ।यस्तै,अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा काम गर्ने बताए ।कम्पनीका अध्यक्ष शुलभ अग्रवाल आइतवार सम्पन्न सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका थिए ।
सो सपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक राजु रमण पौडेल तथा कम्पनीका नवनिर्वाचित सञ्चालकहरु सौरभ दुगड, राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र कम्पनी सचिव ईश्वर कुमार सेडाईको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया