मोलुङ हाईड्रोपावरद्धारा ४५ लाख बढी नाफा आर्जन

बुधबार, २४ माघ २०८०, १२ : २२

काठमाडौँ- गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५७ लाख ६२ हजार रुपैयाँ घाटामा रहेको मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म ४५ लाख बढी नाफा आर्जन गरेको छ ।  

कम्पनीले घाटाको अवस्थालाई सुधार गर्दै ४५ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । यद्यपी कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी भने घटेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ४ करोड १२ लाख कमाएको कम्पनीले चालु आवको दोस्रौ त्रैमाससम्म ३ करोड ८४ लाख मात्रै आर्जन गरेको छ । कम्पनीको कर्मचारी खर्च ४८.५० प्रतिशतले बढाउँदै २९ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । प्रशासनिक खर्च भने ३१ लाख ७५ हजारबाट घटेर १० लाख ३८ हजारमा सीमित भएको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ १६ करोड २१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन ऋण दायित्व ५८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.५७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८६९.८१ गुणा कायम भएको छ ।  

बुधबार, २४ माघ २०८०, १२ : २२

प्रतिक्रिया