काठमाडौँ- मल्टीपर्पस फाइनान्स लिमिटेडले आगामी फागुन १८ गतेका लागि २६ औं वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाकेको हो ।
उक्त सभामा वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा ३ जना संस्थापक तथा २ जना सर्वसाधा्रण समूहतर्फका सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया