राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

विहीबार, २५ माघ २०८०, १४ : २०

काठमाडौं- राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६७र६८ देखि आव २०६९र७० सम्मको इन्फोर्स पोलिसी बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसको दर घोषणा गरेको हो ।

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

कम्पनीको ९साविक राष्ट्रिय बीमा संस्थान०को आर्थिक वर्ष २०६७र ६८ देखि आर्थिक वर्ष २०६९र ७० सम्म कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट माघ १७ गते स्वीकृत भएको छ । बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।

विहीबार, २५ माघ २०८०, १४ : २०

प्रतिक्रिया